नियम १२१
समान दर्जाका कर्मचारीबाट अधिकार प्रयोग गर्न सक्नेः
विभिन्न प्रहरी कार्यालय र एकाइहरूमा यस नियममा लेखिएका नामका पदहरू नरही अन्य नामबाट सम्बोधित पदहरू रहेछन् भने त्यस्ता कार्यालय वा एकाइमा कार्यरत प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्दा कारबाही गर्ने कर्मचारीको पदनाम फरक परे तापनि त्यस्तो प्रहरी कर्मचारीले समान दर्जाका अन्य प्रहरी कर्मचारीले प्रयोग गरेको विभागीय कारबाही सम्बन्धी अधिकार प्रयोग गर्न सक्नेछ ।